Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसीसी प्रिमियर कप : नेपाल टस हारेर कतारविरुद्ध ब्याटिङ गर्दै


    बिहिबार, बैशाख १४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कतारविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलमा कतारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको हो ।

    कतारविरुद्धको खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ । गुलसन झालाई प्लेइङ ११ मा राख्दै करण केसीलाई बिश्राम दिएको छ ।

    जारी प्रतियोगितामा अपराजित रहेको नेपालले आजको खेलमा कतारलाई पराजित गर्दै समूह ए को विजेता बन्ने लक्ष्यमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार