Nepal Face
  • आइतबार, १० साउन २०८३
  • करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु


    बुधबार, बैशाख १३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रौतहट। रौतहटमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। कटहरिया नगरपालिका ९ दुमरिया गाउँका बिसा पासवानको १५ वर्षीय छोरा चन्दन पासवानको करेन्ट लागेर मृत्यु भएको हो। आज दिउसो आफ्नै खेतमा विद्युत मोटर जोडेर पानी तान्ने क्रममा पासवानलाई करेन्ट लागेको थियो ।

    करेन्ट लागेर अचेत भएका चन्दनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका सई अशोक महतोले बताए ।

    मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ । घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार