Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसीसी प्रिमियर लिगमा ओमनले दियो साउदी अरेबियालाई ३६७ रनको लक्ष्य


    बुधबार, बैशाख १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ– एसीसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्र्गत आज बुधबार भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ ।

    किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६६ रनको योगफल बनाएको हो । ओमनका पाँच ब्याटरले अर्धशतक प्रहार गरे ।

    ओमनका जितेन्द्र सिहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन ।

    त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउँदा स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे ।

    त्यस्तै कस्यप प्रजापतिले ५१ रनको योगदान दिए । बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिए भने अबदुल वाइदले दुई विकेट झारे ।

    उक्त खेलको विजेता टोली समूह ए बाट सेमिफाइनलमा पुग्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार