Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चरा ठोक्किएको भन्दै भ्रम फैलाउने फ्लाई दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक


    मंगलबार, बैशाख १२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल नागरिक उड्ययन प्राधिकरणले सोमबार राति फ्लाई दुबईको विमानमा चरा ठोक्किएको भनेर भ्रमपूर्ण समाचार फैलाएको भन्दै फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ।

    गए रति राति ९:२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो।

    एउटा इन्जिनमा समस्या आएपनि उक्त जहाज दुबई पुग्न सकिने भएपछि गन्तव्यका लागि उडेको थियो। तर दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोक्किएको उल्लेख थियो।

    यता नेपाल नागरिक उड्डयन प्राधिकरणले चरा ठोक्किएको प्रमाण नभेटिएको र भ्रम फैलाएको ठहर गर्दै दुई म्यानेजरलाई कारबाही गरेको हो। उनीहरुको एयरपोर्ट पास निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार