Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १५ दिनभित्र अनावश्यक तार हटाउन काठमाडौं महानगरले दियो निर्देशन


    मंगलबार, बैशाख १२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सडकमा अव्यवस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई काठमाडौं महानगरपालिकाले १५ दिनको समय दिएको छ ।

    आज एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन निर्देशन दिएको हो ।

    महानगरले बिजुली, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय तथा संघसंस्थाले पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएर तथा लत्रिएर सडकमा छरिएका तार आफैँ हटाउन र आवश्यक तारलाई संकेत चिन्ह लगाउन निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार