Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्पले डसेर दाङमा एक युवकको मृत्यु


    मंगलबार, बैशाख १२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ। सर्पले डसेर दाङमा एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं–१६ का २६ वर्षीय रोसन डाँगीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति सर्पले डसेको थियो ।

    सर्पले डसेका डाँगीलाई परिवारले सुरुमा झारफुक गर्न विभिन्न ठाउँमा लगेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । झारफुकमा लगेपछि बिहान ३ बजेतिर बेहोस भएका उहाँलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगेकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

    उनलाई ग्रास प्रजातिको सर्पले दाहिने खुट्टामा डसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार