Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भक्तपुरमा झुण्डिएकाे अवस्थामा एक पुरुष भेटिए


    सोमबार, बैशाख ११ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भक्तपुर। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ निकोशेरामा एक पुरुष झुण्डिएकाे अवस्थामा मृत फेला परेका छन् । रुपा राउतको साढे दुई तला घरको भुइँ तलामा डेरा गरी बस्ने एक पुरुष झुण्डिएकाे अवस्थामा मृत फेला परेका प्रहरीले जनाएकाे छ ।

    सिन्धुपाचोक सुनकोशी गाउँंपालिका.–१ घर भएका ३० वर्षीय विशन खनाल मृत अवस्थामा भेटिएका हुन् । बिहान अबेरसम्म नउठेपछि पुगेकाे प्रहरी वृत्त ठिमीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रदिप गौतमको टोलीले ढोका फुटाएर भित्र हेर्दा खनाल आफै सुत्ने पलङको डण्डीमा सेतो खादाको पासो लगाई झुण्डिएकाे अवस्थामा भेटिएका हुन् ।

    उनी मृत अवस्थामै भेटिएको प्रहरीले जनाएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार