Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुरू भयो चितवन-२ को मतगणना


    सोमबार, बैशाख ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन। प्रतिनिधि सभा निर्वाचन अन्तर्गतको उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको छ।

    आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इच्छा मनकामना गाउँपालिका १ र ३ वडाबाट मतगणना सुरू भएको हो। चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा २ बजेबाट मतगणना सुरू भएको हो।

    उपनिर्वाचनमा ६३ प्रतिशतमात्र मत खसेको छ।

    चितवनमा एमालेका रामप्रसाद न्यौपाने,कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

    चितवन-२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उनको सांसद पद गुमेको थियो। रिक्त सोही स्थानका लागि पुन:मतदान भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार