Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • क्रिकेटर सन्दीपविरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा


    सोमबार, बैशाख ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा पेशी तोकिएको छ ।

    किशोरी बलात्कारको अभियोग लामिछाने दोषी ठहर हुने वा सफाइ पाउने भन्ने विषयमा अन्तिम फैसलाका लागि काठमाडौं जिल्ला अदालतको इजलास नम्बर २० मा प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

    नाबालिक बलात्कारको अभियोग लागेका सन्दीप २० लाख रुपैयाँ धरौटी तारेखमा छन् ।

    शुरूमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरे पनि उच्च अदालत पाटनले धरौटीमा छाडिदिएको थियो ।

    उच्चको उक्त आदेशलाई सर्वोच्च अदालतले समेत सदर गरिदिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार