Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि


    सोमबार, बैशाख ११ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् । आज बिहान ७ बजेसम्म १० हजार ६३८ मत गनिसक्दा रास्वपाका डा.वाग्लेले पाँच हजार ९ सय मत प्राप्त गरेका हुन् ।

    सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले दुई हजार ६ सय ८७ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालको एक हजार ६ सय ५७ मत छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार