Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • रास्वपा र रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसले दियो उजुरी


    आइतबार, बैशाख १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पार्टी अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

    नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं. २ मा उजुरी दिएका हुन् ।

    आज उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको बेलामा रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको दाबी उजुरीमा गरिएको छ ।

    किरण मावि भोजाड मतदान केन्द्रमा विवाद पछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका पनि उजुरीमा स्मरण गराइएको छ ।

    उजुरीमा चितवनका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयको ठाडो आादेशमा एक पक्षीय रुपमा मतदाता र मतदान प्रतनिधिमाथि लाठी चार्ज गरेको र मतदातालाई भयभीत पारिएको भन्दै कारबाहीको माग गरिएको छ ।

    यसैगरी गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार