Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपनिर्वाचन अपडेट : अपराह्नसम्ममा ५० प्रतिशतभन्दा बढी मत खस्यो


    आइतबार, बैशाख १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। आज वैशाख १० गते आइतबार प्रतिनिधिसभामा रिक्त प्रत्यक्षतर्फका ३ सीट पदपूर्तिका लागि चितवन, बारा र तनहुँमा उपनिर्वाचन जारी छ ।

    निर्वाचन आयोगका अनुसार अपराह्नसम्ममा समग्रमा ५० प्रतिशतभन्दा बढी मतदान भएको छ ।

    आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार चितवन- २ मा चितवनमा ६७ हजार ८७० मत खसेको र यो समग्रको करीब ५५ प्रतिशत हो ।

    यसैगरी बारा- २ मा ५० प्रतिशतभन्दा बढी मत खसेको उनले बताए । यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्

    मतदानका लागि आज साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार