Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डप्रति माधव नेपालको भावना : हाम्रो धड्कन उस्तैगरी धड्किरहेको छ, एउटै पार्टी पनि हुन सक्छौँ


    आइतबार, बैशाख १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले समाजवादी मोर्चामार्फत नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गसिएर एउटै पार्टी पनि बन्न सक्ने बताएका छन्।

    कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेपालले चाडै समाजवादी मोर्चा बन्ने बताए। उनले मोर्चाको कार्यदिशा मिले पार्टी नै एकता हुनसक्ने बताएका हुन्।

    ‘विचार मल्यो भने, राजनीतिक कार्यदिशा पनि मिल्यो भने, संगठनात्मक सोच पनि मिल्यो भने, कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी पनि हुन सक्छौँ’, नेपालले भने, ‘हाम्रो दिलको धड्कन उस्तै उस्तै गरी धड्किरहेको छ।’

    तर कम्युनिस्ट पार्टीमा विभिन्न खालका विकृतिहरु अहिले पनि कायम रहेको उनको भनाइ छ। यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीबिच पार्टी एकता गर्न भन्दै समिति समेत बनेको थियो। तर नेकपा (एमाले) र माओवादी केन्द्रका बिचमा सहकार्य भएपछि उक्त एकता प्रयास असफल भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार