Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनको दुई केन्द्रमा स्थगित मतदान सुरु


    आइतबार, बैशाख १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । चितवन क्षेत्र नं. २ का दुईवटा केन्द्रमा स्थगित भएको मतदान सुरू भएको छ ।

    भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो ।

    भरतपुर महानगरपालिका वडा नं. ११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो ।

    रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार