Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेसबुक लाइभमा रविले भने- मतदानस्थलमा जाने अवस्था छैन्


    आइतबार, बैशाख १० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवि लामिछानेले चितवनमा आफूमाथि हुलहुज्जत भएपछि मतदान केन्द्रमा जाने अवस्था नरहेको बताएका छन्

    फेसबुक लाइभमा आउँदै उनले एउटा माघले जाडो नजाने भन्दै अन्य पार्टीलाई चितवनका जनताले हेरिरहेको जिकिरसहित संयम बन्न आग्रह गरेका छन् ।

    अहिले चितवनको नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा झडपका कारण मतदान रोकिएको छ । ‘अहिले म मतदान केन्द्रहरुमा जाने अवस्था मैले देखिन । केही समयपछि वातावरण शान्त भयो भने भेटघाट गर्न आउने छु । म सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गर्न चाहन्छु, एक माघले जाडो जाँदैन । चितवनवासीले तपाईँहरुलाई हेरिरहेका छन् । जुन किसिमको घटना भइरहेको त्यसलाई नियालेर हेरिराखेका छन्,’– लामिछानेले भनेका छन् ।

    ‘जुन किसिमको घटना भएको छ, यसलाई जनताले हेरेका छन् । सामान्य स्वागतको कुरा थियो । हामी झडप र गुण्डागर्दीमा विश्वास गर्दैनौं’, उनले भने ।

    निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै मतदान केन्द्रमा मतदातासँग कुराकानी गरिरहेको अवस्थामा उनीमाथि हुलहुज्जत भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार