काठमाडौं । निर्वाचन आचारसंहिता अनुगमन समितिले मौन अवधिमा मत मागेको भन्दै तनहुँ क्षेत्र नम्बर १ का सत्तागठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।
प्रचारप्रसारको निषेध अवधिमा भ्वाइस मेसेजमार्फत भोट मागेको सूचना आएको भन्दै समितिले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
“मिति २०८० वैशाख १० गते हुन गईरहेको तनहुँ निर्वाचन क्षेत्र नं. १ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उमेदवार तपाईले मिति २०६०/०१/०७ गते राति १२.०० बजेपछि प्रचारप्रसार निषेधको अवधि सुरु भइसकेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी ९९८०२९८८०२ नं. को मोबाइलको भ्वाइस मेसेजमार्फत मत माग्नु भएको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा निजसँग सो सम्बन्धमा आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ? भनि २४ (चौबिस घण्टा भित्र स्पष्टीकरण पेस गर्न लगाउने भनि जिल्ला आचारसंहिता अनुगमन समितिबाट मिति २०८०/०१/१० मा निर्णय भएको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय (जि.स.स.) दमौली तनहुँमा आफै वा प्रतिनिधिमार्फत उपस्थित भई स्पष्टिकरण पेस गर्नु हुन निर्णयानुसार अनुरोध छ,” उनलाई सोधेको पत्रमा उल्लेख छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend