Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा उत्पादित सवारी साधनको दर्ता प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री प्रचण्डले दिए निर्देशन


    आइतबार, बैशाख १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    नेपालमा उत्पादित सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने गरी कानुनी व्यवस्था गर्न पनि प्रधानमन्त्री प्रचण्डले मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेका छन् ।

    ‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु । सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु,’– प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा भनेका छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार