Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई आयोेगले सोध्यो स्पष्टीकरण


    आइतबार, बैशाख १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई आज आइतबार बारा २ मा भइरको अवस्थामा चुनावलाई प्रभाव पर्ने गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको छ।

    आयोगले उनलाई उक्त क्रियाकलाप लगत्तै २४ घण्टे प्रष्टिकरण सोधेको हो।

    यादवले आफ्ना पार्टी अध्यक्ष उपेन्द्र यादवलाई चुनवा जिताउन आचार संहिताविवरीत काम गरेको भन्दै आयोगमा उजुरी परेको छ।

    आयोगको अनुमति विना पचरौता नगरपालिका क्षेत्रमा सरकारी स्रोध साधन प्रयोग गरेर प्रवेश गरेको आयोगले जनाएको छ।

    आयोेगका उपसचिव कमल ज्ञवालीले मुख्यमन्त्री यादवले उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको सम्बन्धमा स्पष्टिकरण सोधिएको जानकारी दिए।

    आयोगले भनेको छ, ‘आयोगले आज मिति २०६० साल वैशाख १० गते आइतवारका दिन वारा जिल्ला क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिता विपरीत हुने गरी उहाँलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानु भएको हो भनी स्पष्टीकरण सोधेको छ।’

    उनलाई २४ घण्टाभित्र जवाफ नदिए कारबाही गर्ने चेतावनी आयोगले दिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार