Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • बुटवलबाट बाग्लुङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना


    आइतबार, बैशाख १० २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ ।

    आज आईतबार बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस बुटवल पाल्पा सडकखण्डको जोरधारामा दुर्घटनामा परेको हो।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक (इन्सपेक्टर) फर्सुराम गौतमले दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगी उद्दारको कार्य थालिएको बताएका छन्।

    उनका अनुसार अहिलेसम्म २० जना घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ।

    तीमध्ये केहीको अवस्था गम्भीर रहेको उनले जनाए।

    बसमा कति यात्रु थिए भन्ने यकिन नभइसकेको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ। थप विस्तृत जानकारी भने आउँन बाँकी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार