Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपनिर्वाचन : तनहुँ-१ मा बिहान १० बजेसम्म १३.६ प्रतिशत मत खस्यो


    आइतबार, बैशाख १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • तनहुँ । तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि आज मतदान भइरहेको छ।

    जसमध्य तनहुँ १ मा पनि उपनिर्वाचन अन्तर्गत शान्तिपूर्वक मतदान भइरहेको छ । आज बिहान १० बजेसम्म १३.६ प्रतिशत मत खसेको तनहुँ जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकाल रातोपाटीलाई जानकारी दिए ।

    निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताएका छन् । नेपाल प्रहरी एक हजार छ सय परिचालन गरिएको उनले बताए।

    त्यस्तै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सशस्त्र प्रहरी चार सय ५० र नेपाली सेना पाँच सय गरी करिब दुई हजार पाँच सय सुरक्षाकर्मी खटाइएको छ । उपनिर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र नेपाली सेना रहेका छन् । तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् । तीनवटा अतिसंवेदनशील र २४ वटा संवेदनशील मतदानस्थल रहेका छन् ।

    निर्वाचनका लागि १५ केन्द्रमा महिलालाई मतदान अधिकृत तोकिएको छ । तनहुँमा कांग्रेसका तर्फबाट भट्टराई, एमालेका खनाल, रास्वपाका वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् ।

    तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् । भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार