Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तुइनबाट खसेर बेपत्ता भण्डारीको शव फेला


    शनिबार, बैशाख ९ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव फेला परेको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो ।

    उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किने क्रममा बेपत्ता भएका थिए । उनको शव भारतीय भू–भागमा फेला परेकाले भारतीय सीमा सुरक्षा बलले कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    मृतक भण्डारीका घरमा दुई छोरा र एक छोरी रहेकी छन् । उनकी श्रीमतीको भने चार वर्ष अघि निधन भएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार