Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलि उपनिर्वाचनका दिन पृथ्वी राजमार्गको तनहुँ १ मा गाडी नचल्ने


    शनिबार, बैशाख ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • तनहुँ । भोलि सम्पन्न हुँदै गरेको उपनिर्वाचनका कारण पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको छ ।

    पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीस्थित मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले बताए।

    तनहुँ–१ निर्वाचन क्षेत्रमा भोलि आइतबार उपनिर्वाचन हुने भएकाले गाडी निषेध गरिएको हो । मुलुकको प्रमुख पर्यटकीय शहर पोखरा जाने मुख्य राजमार्ग भएकाले यो सडक बन्द हुँदा धेरै पर्यटक र सर्वसाधारण प्रभावित हुनेछन् ।

    प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार आइतबार विहान ५ बजेदेखि साँझ ६ बजेसम्म दमकल, एम्बुलेन्स, खानेपानी, दूध र फोहोरमैला बोक्ने सवारी साधन, शववाहन, परिचयपत्र बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मी र सूचना विभागको परिचयपत्र बोकेका पत्रकार चढेको गाडी मात्र चलाउन पाइनेछ ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले आज एक सूचना जारी गरी पृथ्वी राजमार्ग हुँदै चल्ने रात्रीबसलाई आइतबार बिहान ४ बजेभित्र तनहुँ–१ को सडक पार गरिसक्न आग्रह गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार