Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवस आज


    शनिबार, बैशाख ९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवस आज शनिबार मनाइँदै छ । २००६ साल वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको सम्झनामा यो स्थापना दिवस मनाइन्छ ।

    नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रम गरेर मनाइन्छ ।

    २००६ साल वैशाख ९ गते भारतको कोलकातामा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठको पहलमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको हो।

    तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसमा रहेका पुष्पलालले २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरेका थिए ।

    पछि राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई उनले नेपाल कम्युनिष्ट पार्टी २००६ वैशाखमा भारतकै कोलकातामा स्थापना गरेका थिए ।

    यसैगरी नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एसलगायतका कम्युनिष्ट पार्टीहरूले कार्यक्रमको आयोजना गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार