Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • एकीकृत समाजवादीको तत्काल कुनै पार्टीसँग एकता हुँदैन: झलनाथ खनाल


    शनिबार, बैशाख ९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा सहभागी हुन जनकपुरधाम जानुभएका सम्मानित नेता खनालले यस्तो बताएका हुन् ।

    जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले मिलेर जाने कुरा बेग्लै भए पनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको बताए । उनले आफ्नो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेकोसमेत बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार