Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • एकैदिन भन्सार छलेर ल्याइएको ३५ लाख रुपैयाँबराबरको सामान बरामद


    शनिबार, बैशाख ९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पूर्वी नवलपरासी। प्रहरीले पूर्वी नवलपरासीका विभिन्न स्थानवाट एकै दिन ३५ लाख रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकका अनुसार महेन्द्र राजमार्गमा चेकिङका क्रममा भन्सार छलेर ल्याइएको लत्ताकपडा, मोबाइल, कस्मेटिक सामग्री र २ सय २० बोरा युरिया मल बरामद भएको हो ।

    बिलबीजक नभएका र भन्सार तिरेको कागजातसमेत नभएका ती सामान त्रिवेणी भन्सार पठाइएको छ । भन्सारले प्रक्रियाबाहिरका सामान ( बिल नभएका ) लिलाम गरेर राजश्व दाखिला गर्ने गर्छ ।

    प्रहरीले गत साउनदेखि चैत मसान्तसम्म गरेर ५ करोड १ लाख ७७ हजार ६२ रुपैया बराबरको भन्सार छलेर ल्याइएका सामान बरामद गरेर राजश्व दाखिला गरेको दाबी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार