काठमाडौँ। प्रतिनिधिसभातर्फ तीन वटा निर्वाचन क्षेत्रमा भोलि आइतबार वैशाख १० गतेका दिन उपचुनावअन्तर्गत मतदान हुँदै छ । बारा-२, चितवन-२ र तनहुँ-१ का मतदाताले प्रतिनिधिसभाका लागि आफ्ना प्रतिनिधि चुन्ने छन् ।
१ लाख ५ हजार मतदाता रहेको बारा-२ मा ३४ जनाले उम्मेद्वारी दिए पनि मूलतः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशहवाबीच प्रतिस्पर्धा हुनेछ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले गत मंसिरमा काठमाडौं- १ बाट चुनाव हारेका रमेश खरेललाई प्रतिस्पर्धामा उतारेको छ । गत मंसिरमा निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि बारा- २ मा उपनिर्वाचन गर्नुपर्ने भएको हो ।
यसैगरी, मंसिरमै निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भई सांसद पद खारेज भएपछि चितवन- २ मा उपचुनाव हुन लागेको हो । एक लाख २४ हजार ६ सय ४६ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा गत मंसिरमा ८३ हजार ९ सय ५६ जनाले मतदान गरेका थिए । यहाँबाट लामिछाने ४९ हजार २ सय ६४ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धीहरू कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ भोट पाएका थिए । दोस्रो भएका श्रेष्ठभन्दा लामिछानेको ३२ हजार २ सय ८१ मत बढी थियो ।
यसपटक पनि लामिछाने फेरि मैदानमा छन् भने कांग्रेस र एमालेले युवा अनुहारलाई अघि सारेका छन् । यसपालि एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले जिल्लाका पूर्वसभापति जीतनारायण श्रेष्ठलाई प्रतिस्पर्धी बनाएका छन् ।
यस्तै, तनहुँ- १ को उपनिर्वाचन पनि कम रोचक छैन । गत मंसिर ४ मा यस क्षेत्रबाट चुनाव जितेका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको स्थानमा ९ जनाले उम्मेदवारी दिएका छन् । तर मुख्य प्रतिस्पर्धाचाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र नेपाली कांग्रेसका गोविन्द भट्टराईबीच हुने बताइन्छ । यस क्षेत्रबाट एमालेका सर्वेन्द्र खनाल, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ र नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार उम्मेदवार छन् ।
तनहुँ १ लाई खासगरी कांग्रेस नेताहरूले प्रतिष्ठाकै लडाइँ बनाएका छन् । पार्टीका दुवै महामन्त्रीसहित सभापति अनि गठबन्धनका शीर्ष नेता पुगेर भट्टराईलाई भोट मागेका थिए । कांग्रेसबाट रास्वपामा गएर उम्मेदवार बनेका वाग्लेलाई कांग्रेस नेताहरूले प्रमुख प्रतिस्पर्धी मानेका छन् ।
यसैबीच सरकारले उपचुनाव हुने तीनवटै निर्वाचन क्षेत्रमा भोलि सार्वजनिक बिदा दिएको छ ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend