Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हावाहुरीले हवाई उडान प्रभावित


    शुक्रबार, बैशाख ८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आकस्मिक मौसम बदलीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित हुन पुगेको छ । शुक्रबार दिउँसो २ बजेदेखि शुरु भएको मौसम अदलिबदली सहितको हावा हुरीका कारण लगभग ३० मिनेट हवाई उडान अवतरण प्रभावित हुन पुगेको हो ।

    तर, अहिले वातावरण सहज भएसँगै स्थिति सामान्य बनेको त्रिभूवन विमानस्थलले जानकारी दिएको छ । खराब मौसमकाबीच ३० मिनेट उडान अवतरण दोहाबाट आएको कतार एयरवेज र दिल्लीबाट आएको एयर भिस्टारा विमान केही मिनेट आकाशमै होल्ड गर्नुपरेको विमानस्थलले जनाएको छ। अन्य उडानहरु भने प्रभावित नभएको विमानस्थलले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार