Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्दीपले एकै ओभरमा दुई विकेट लिएर नेपाललाई दिलाए तेस्रो सफलता


    शुक्रबार, बैशाख ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको आजको खेलमा नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएर नेपाललाई तेस्रो सफलता दिलाएका छन्।

    १३औं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा ओमानका साफिक र अन्तिम बलमा ओमानका कप्तान जिसन मक्सुदलाई आउट गरे।

    योसँगै सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाएका छन्।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनाएको छ।

    नेपालका लागि कुशल मल्लले सर्वाधिक १०८ रन बनाए। कीर्तिमानी शतक प्रहार गरेका कुशलले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे।

    यस्तै सोमपाल कामीले पनि ६३ रन बनाउँदै अर्धसतकीय पारी खेले। ४८ बलमा उनले ९ चौका प्रहार गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार