Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • सिंहदरबारमा प्रचण्ड–ओलीबीच भएको छलफल निष्कर्षविहीन टुंगियो


    शुक्रबार, बैशाख ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल निष्कर्षविहीन टुंगिएको छ।

    आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । सो भेटको बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको संक्षिप्तमा जवाफ दिँदै अध्यक्ष ओलीले समसामयिक विषयमा कुराकानी भएको बताए ।

    ‘अहिलेसम्म त्यस्तै–त्यस्तै छ । विभिन्न समसामयिक विषयमा कुराकानी भयो,’ ओलीले भने । उनले प्रधानमन्त्री दाहालसँगको भेटपछि एमाले संसदीय दलको कार्यालयमा आएर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरी लगायतका नेताहरूसँग पनि छलफल गरेका छन् ।

    प्रधानमन्त्री दाहाल र ओलीबीचको भेटवार्ताको बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले संसदीय समितिलाई छिटोभन्दा छिटो गठन गर्ने विषयमा दुई नेताबीच कुराकानी भएको बताए । छलफल भए पनि कुनै निष्कर्ष भने ननिस्किएको ब्रिफिङ अध्यक्ष ओलीले आफूहरूसमक्ष गरेको उनको भनाइ छ ।

    ‘खासगरी अहिले विषयगत समिति र संयुक्त समिति जुन छन्, कसरी यो समस्यालाई हल गर्ने, छिटोभन्दा छिटो कसरी समिति निर्माण गरेर काम अगाडि बढाउने भन्ने विषयमा छलफल भयो । छलफल सघन ढंगले नै भयो तर पनि निष्कर्ष केही भएको छैन । त्यही ढंगले छलफल गर्‍याैँ मात्रै भन्नुभयो । विषयगत समिति र संयुक्त समितिमा नै विशेषगरी छलफलकेन्द्रित थियो । त्यस विषयमा छलफल चाहिँ भयो निष्कर्ष केही भएन भन्ने कुरा राख्नुभयो,’ गिरीले भने ।

    आज भएको वार्तामा दुई नेता बीचमा कुनै पनि समझदारी बन्न भने नसकेको पनि उनले स्पष्ट पारे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार