Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा छलफल


    शुक्रबार, बैशाख ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको छ ।

    आज प्रधानमन्त्रीको सिंहदरबारस्थित कार्यकक्षमा प्रचण्ड र ओलीबीच छलफल भएको हो ।

    प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रचण्ड र ओलीबीच संवैधानिक नियुक्ति र संवैधानिक परिषद बैठकबारे छलफल भएको हो ।

    प्रधानन्यायाधीश नियुक्तिका लागि बुधाबर संवैधानिक परिषदको बैठक बसेको थियो ।

    उक्त बैठकमा प्रधानन्याधीशको नाम सिफारिस गर्नेबारे सहमति हुन सकेको थिएन। उक्त बैठकमा एमाले अध्यक्ष ओलीले केही विषयमा असहमति जनाउँदा निर्णय नभएको बताइएको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार