काठमाडौं । मधेस प्रदेशबाहेकका करिब ३० वटा जिल्लाका पशुचौपायामा लम्पी स्किन रोग फैलिएको छ। पशु सेवा विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० मा मात्रै मुलुकभर करिब ११ हजार ६५ गाई–भैंसी संक्रमित भएका छन् भने सैयौंको मृत्यु भएको छ। यसका कारण किसानले करोडौंको क्षति बेहोर्नुपरेको छ।
सन् २०१९ बाट नेपालका गाई–भैंसीमा देखिँदै आएको लम्पी स्किन रोग यस वर्ष अझै तीव्र गतिमा फैलिएको विभागले जनाएको छ। विभागका अनुसार नेपालमा २०७७ साल असार १० मा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का गाईहरूमा यो रोगका लक्षणहरू पहिलोपटक देखा परेको थियो।
यो रोगका कारण कोसी प्रदेशमा मात्रै १ सय ५० भन्दा बढी गाईको मृत्यु भएको छ। यसमा सबैभन्दा बढी इलामका किसान प्रभावित छन्। दुई महिनाकोबीचमा संक्रमणको रूपमा फैलिएको लम्पीको कारण कोसीका गाईपालक कृषकहरूले दुई करोडभन्दा बढीको पशुधन गुमाएका छन्।
चिकित्सकका अनुसार यो रोग भैंसीमा भन्दा गाईमा बढी देखिन्छ। गर्मी मौसममा टोक्ने झिंगा, डाँख, लामखुट्टे, किर्नाजस्ता कीराहरूको संख्या बढी हुने तथा थप सक्रिय हुन्छ। त्यसैले गर्मी मौसम आएसँगै कोसी प्रदेशका १४ वटै जिल्लामा यो रोगको प्रकोप देखिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक पशुपति ढुंगानाले जानकारी दिए। उनका अनुसार गर्मी क्षेत्रमा यसको प्रकोप बढ्दो क्रममा छ।
इलाम जिल्लामा मात्रै अहिले ३ हजार ५ सय ८ वटा गाई, बाच्छा–बाच्छीमा यसको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले जानकारी दिइन्। भनिन्, ‘यो केही समय अघिको विवरण हो। अहिले अझै बढेको हुन सक्छ।’
इलाममा मात्रै अहिलेसम्ममा २७ वटा गाई, बाच्छाबाच्छी मरेका छन्। इलामका एउटै गाईको मूल्य दुई लाखसम्म पर्छ। जिल्लामै सबैभन्दा बढी प्रकोप रहेको सूर्योदय नगरपालिकामा मात्रै अहिलेसम्ममा २० वटा पशु मरिसकेका छन्।
सूर्योदय नगरपालिकाको पशुशाखा प्रमुख विपिन सिंहले भने, ‘संक्रमणको अवस्था भयावह छ। हामी त्यही विषयमा छलफलमा छौं।’ सूर्योदयमा अहिले २ हजार गाईमा संक्रमण देखिएको सिंहले जानकारी दिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend