काठमाडौं । पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव मधेसको अधिकारका लागि लड्ने सच्चा नेता भएको तारिफ गरेका छन् ।
बिहीबार बारामा भएको उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र उपेन्द्र यादव एउटै मन्त्रिपरिषद्मा बसेर काम गरेको र यादवले सधैँ मधेसको अधिकारका लागि आफूसँग झगडा गरेको बताए ।
“मेरो क्याबिनेटमा हामी सँगै काम गरेका हौँ । उहाँ मधेसको अधिकारका लागि क्याबिनेटमा पनि मसँग धेरैपटक झगडा गर्नुभयो, मधेसका लागि लड्नुभयो,” देउवाले भने, “उहाँ सच्चा मधेसकाप्रति प्रतिवद्ध योग्य नेताको रुपमा पाएका छौं ।”
कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिन आग्रह गरे । उपेन्द्रको पाँचवर्षे कार्यकाल हेर्न र चित्त नबुझे अर्को चुनावबाट विकल्पमा सोच्न समेत उनले आग्रह गरे ।
“उहाँले जनताको सेवा गर्नुहुनेछ । जनताको सेवा नगरे हटाए भएहाल्यो नि । जनता देशको मालिक हो, पाँच पाँच वर्षमा जनताले राम्रो काम गर्ने नेतालाई जिताएर पुरस्कार दिन्छ । राम्रो काम गर्न नसक्नेलाई निकालिदिन्छ,” उनले भने, “मधेसका लागि लड्नुभएको छ । पाँच वर्ष कमसेकम हेर्नुहोस्, त्यसपछि ध्यान दिनुहोला ।”
वैशाख १० गते बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि गठबन्धन दलको सहयोगमा जसपा अध्यक्ष यादव उमेदवार बनेका छन् ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend