Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपेन्द्रको तारिफ गर्दै देउवाले भने- उपेन्द्र यादव मधेसका लागि लड्ने सच्चा नेता हुन्


    बिहिबार, बैशाख ७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव मधेसको अधिकारका लागि लड्ने सच्चा नेता भएको तारिफ गरेका छन् ।

    बिहीबार बारामा भएको उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र उपेन्द्र यादव एउटै मन्त्रिपरिषद्मा बसेर काम गरेको र यादवले सधैँ मधेसको अधिकारका लागि आफूसँग झगडा गरेको बताए ।

    “मेरो क्याबिनेटमा हामी सँगै काम गरेका हौँ । उहाँ मधेसको अधिकारका लागि क्याबिनेटमा पनि मसँग धेरैपटक झगडा गर्नुभयो, मधेसका लागि लड्नुभयो,” देउवाले भने, “उहाँ सच्चा मधेसकाप्रति प्रतिवद्ध योग्य नेताको रुपमा पाएका छौं ।”

    कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिन आग्रह गरे । उपेन्द्रको पाँचवर्षे कार्यकाल हेर्न र चित्त नबुझे अर्को चुनावबाट विकल्पमा सोच्न समेत उनले आग्रह गरे ।

    “उहाँले जनताको सेवा गर्नुहुनेछ । जनताको सेवा नगरे हटाए भएहाल्यो नि । जनता देशको मालिक हो, पाँच पाँच वर्षमा जनताले राम्रो काम गर्ने नेतालाई जिताएर पुरस्कार दिन्छ । राम्रो काम गर्न नसक्नेलाई निकालिदिन्छ,” उनले भने, “मधेसका लागि लड्नुभएको छ । पाँच वर्ष कमसेकम हेर्नुहोस्, त्यसपछि ध्यान दिनुहोला ।”

    वैशाख १० गते बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि गठबन्धन दलको सहयोगमा जसपा अध्यक्ष यादव उमेदवार बनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार