Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परराष्ट्रमन्त्री साउद र बेलायती राजदूतबीच भेटवार्ता


    बिहिबार, बैशाख ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण प्रकाश(एनपी) साउद र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता आज भएको छ।

    बिहीबार परराष्ट्र मन्त्रालयमै पुगेर बेलायती राजदूत पदोलिटले नवनियुक्त परराष्ट्रमन्त्री साउदलाई बधाई तथा शुभकामना दिएकी हुन्।

    सो अवसरमा उनीहरुबीच दुई देशको आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन र आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको मन्त्री साउदको सचिवालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार