Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भेरी नदीमा बनेको बेलिब्रिज भाँचिदा ४ जनाको मृत्यु


    बिहिबार, बैशाख ७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जाजरकोट– भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिएको छ। उक्त निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ । बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ ।

    दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्वनगरप्रमुख गोरखबहादुर केसीले बताए ।

    मृतकको ठेगाना खुलेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार