Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपनिर्वाचन बहिष्कार गरौं भन्दै प्रचार प्रसार गर्ने चार जना तनहुँमा पक्राउ


    बिहिबार, बैशाख ७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। १० गते हुँदै गरेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने चार जनालाई तनहुँ प्रहरीले दमौलीबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पुष्पलाल श्रेष्ठ,रामबहादुर बुढा, धनबहादुर परियार लगायत ४ जना रहेका प्रहरीले जनाएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त रुपमा उपनिर्वाचन बहिष्कारको अभियान चलाइरहेका छन् ।

    गत मंसिरमा भएको निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र निर्वाचित भएका थिए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ वैशाख १० मा उपनिर्वाचन हुँदै छ ।

    यस्तै वैशाख १० मा नै बारा २ र चितवन २ मा पनि उपनिर्वाचन हुँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार