Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्लाहीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एकैपरिवारका २ जनाको मृत्यु


    बिहिबार, बैशाख ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सर्लाहीको लालबन्दीमा भएको सवारी दुर्घटनामा महोत्तरी गौशाला बस्ने एकैपरिवारका दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा गौशाला न.पा ११ का श्रवणकुमार महतो र मोटरसाईकलमा पछाडि सवार श्रवणका भतिज बिक्रम कुमार महतोको घटनास्थलमै ज्यान गएको हो ।

    लालबन्दीबाट रानीगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार