Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुँदै


    बिहिबार, बैशाख ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट लागू हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज बिहीबार राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए ।

    चुनाव हुनुभन्दा ४८ घण्टा अघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार