Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसीसी प्रिमियर कपमा यूएईको विजयी सुरुवात, कुवेत १४३ रनले हार्यो


    बुधबार, बैशाख ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईले विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को आफ्नो पहिलो खेलमा यूएईले कुवेतलाई १४३ रनको फराकिलो अन्तरले हराएको हो।

    आज काठमाडौँको टीयू क्रिकेट मैदानमा भएको खेलमा ३७२ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कुवेतले ३६.३ ओभरमा सबै विकेटको क्षतिमा २२८ रन मात्रै बनाउन सक्यो । कुवेतका सायद मोनिबले ३६ बलमा ६ छक्का र पाँच चौका प्रहार गर्दै ६८ रन बनाए । त्यस्तै, परभिन्दर कुमारले २६ बलमा सात छक्का र एक चौका प्रहार गर्दै ५३ रन बनाए । कप्तान मोहम्मद अस्लामले ३३ रन बनाए पनि अन्य ब्याटर सस्तैमा समेटिँदा कुवेत फराकिलो अन्तरले पराजित भएको हो ।

    बलिङतर्फ यूएईका जुनैद सिद्धिकी र कार्थिक मैयाप्पनले समान ३–३ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३७१ रन बनाएको थियो । उत्कृष्ट सुरुवात गरेको कुवेतले रोहन मुस्तफा र वृत्या अरभिन्दको साझेदारीलाई तोड्न नसक्दा ठूलो चुनौती पायो ।

    यूएईका लागि वृत्या अरभिन्दले १८५ रन बनाए । उनले १४७ बलमा १७ चौका र ९ छक्का प्रहार गरे । त्यस्तै, रोहन मुस्तफाले १२५ बलमा १० चौका र चार छक्का प्रहार गर्दै ११८ रन बनाए । चौथो विकेटका लागि वृत्या र मुस्तफाले २७५ रनको साझेदारी गर्दै टिमलाई उकासे । २४ रन हुँदा तीन विकेट गुमाएको यूएईले चौथो विकेट २९९ रन बनाउँदा गुमाएको थियो । त्यस्तै, आसिफ खानले ९ बलमा ३० रन बनाए ।

    अब युएइले अर्को खेल आगामी शुक्रबार हङकङविरुद्ध खेल्दै छ भने कुवेतले शनिबार बहराइनविरुद्ध खेल्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार