काठमाडौँ। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईले विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को आफ्नो पहिलो खेलमा यूएईले कुवेतलाई १४३ रनको फराकिलो अन्तरले हराएको हो।
आज काठमाडौँको टीयू क्रिकेट मैदानमा भएको खेलमा ३७२ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कुवेतले ३६.३ ओभरमा सबै विकेटको क्षतिमा २२८ रन मात्रै बनाउन सक्यो । कुवेतका सायद मोनिबले ३६ बलमा ६ छक्का र पाँच चौका प्रहार गर्दै ६८ रन बनाए । त्यस्तै, परभिन्दर कुमारले २६ बलमा सात छक्का र एक चौका प्रहार गर्दै ५३ रन बनाए । कप्तान मोहम्मद अस्लामले ३३ रन बनाए पनि अन्य ब्याटर सस्तैमा समेटिँदा कुवेत फराकिलो अन्तरले पराजित भएको हो ।
बलिङतर्फ यूएईका जुनैद सिद्धिकी र कार्थिक मैयाप्पनले समान ३–३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३७१ रन बनाएको थियो । उत्कृष्ट सुरुवात गरेको कुवेतले रोहन मुस्तफा र वृत्या अरभिन्दको साझेदारीलाई तोड्न नसक्दा ठूलो चुनौती पायो ।
यूएईका लागि वृत्या अरभिन्दले १८५ रन बनाए । उनले १४७ बलमा १७ चौका र ९ छक्का प्रहार गरे । त्यस्तै, रोहन मुस्तफाले १२५ बलमा १० चौका र चार छक्का प्रहार गर्दै ११८ रन बनाए । चौथो विकेटका लागि वृत्या र मुस्तफाले २७५ रनको साझेदारी गर्दै टिमलाई उकासे । २४ रन हुँदा तीन विकेट गुमाएको यूएईले चौथो विकेट २९९ रन बनाउँदा गुमाएको थियो । त्यस्तै, आसिफ खानले ९ बलमा ३० रन बनाए ।
अब युएइले अर्को खेल आगामी शुक्रबार हङकङविरुद्ध खेल्दै छ भने कुवेतले शनिबार बहराइनविरुद्ध खेल्ने छ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend