Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • काठमाडौंको तापक्रम ३२ डिग्री नाघ्यो


    बुधबार, बैशाख ६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । केही दिनयता देशभरको तापक्रम निरन्तर बढ्दो क्रममा छ। जसअनुसार कतिपय स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा बुधबार दिउँसो ३ बजेको तापक्रम ३१ डिग्री सेल्सियस छ ।

    मंगलबार काठमाडौंको अधिक्तम तापक्रम ३२.७ डिग्री सेल्सियस पुगेको थियो । जुन अप्रिल महिनामा काठमाडौंको औसत तापक्रमभन्दा चार डिग्री सेल्सियस बढी हो ।

    विभागका अनुसार अप्रिलमा काठमाडौंको औसत तामक्रम २८.२ डिग्री सेल्सियस हुने गरेको छ ।

    काठमाडौंमा तत्काल पानी पर्ने सम्भावना नरहेको विभागले जनाएको छ । बिहीबारपछि मौसम बदली रहने र बादल लाग्ने विभागको पूर्वानुमान छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार