काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणको निम्तो आएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री एनपी साउदले पनि सक्रियता बढाइसकेका छन् ।
तयारी पूरा नभएसम्म भ्रमणको मिति भने सार्वजनिक गर्न नमिल्ने प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने । ‘मिति तय भइसकेको छ, तर तयारी पूरा नभएका कारण त्यसलाई सार्वजनिक गर्न मिल्दैन र सुरक्षाको दृष्टिले पनि त्यो राम्रो मानिँदैन,’ उनले भने । वैशाख २८ देखि जेठ ४ गतेको बीचमा प्रधानमन्त्रीको भ्रमण हुन सक्ने उनको भनाइ छ ।
मे १० तारिखमा भारतको कर्नाटकमा चुनाव छ । मे १९ मा भारतीय प्रधानमन्त्री मोदी केही दिनका लागि विदेश भ्रमणमा जाने भएकाले मे ११ देखि १८ को बीचमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय भएको ती अधिकारीले बताए ।
परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भ्रमणको तयारी थालिसकेका छन् ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend