Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निजामती कर्मचारी विधेयकविरूद्ध औपचारिक आन्दोलनमा उत्रिए


    बुधबार, बैशाख ६ २०८०
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय निजामती सेवा ऐनको विधेयकमा सरोकारवालासँग छलफल नै नगरेको विषयमा निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

    बुधबारबाट यससँग सम्बद्ध पाँचवटै ट्रेड युनियनले आन्दोलन निकालेको जानकारी दिएको हो ।

    संघीयता आएको लामो समय गुज्रिसक्दा पनि निजामती सेवाको व्यवस्थापन सरकारको प्राथामिकतामा नपर्नू चिन्ताको विषय भएको विज्ञप्तीमा जनाइएको छ ।

    कर्मचारीको साझा हितमा रहने छाता ऐनको निर्माण प्रक्रियामा सरोकारवाला पक्षको अर्थपूर्ण सहभागिता नभएको कर्मचारीहरूको गुनासो छ ।

    छलफल बिना नै उक्त विधेयक अर्थ, कानू, न्याय तथा संसदीइ मामिला मन्त्रालयमा पठाइएकोप्रति उनीहरूले आपत्ति जनाएका छन् ।

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार