Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बस र मोटरसाइकल ठोक्किँदा महोत्तरीमा ३ जनाको मृत्यु


    बुधबार, बैशाख ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।

    सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमति २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप कुमार गिरिले जानकारी दिए ।

    उक्त दुर्घटनामा सख्त घाइते भएकी अन्सु मण्डलको भने उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरिले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार