Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतको एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरू


    बुधबार, बैशाख ६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार सुरू भएको छ ।

    उनलाई आज बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा पुर्‍याए लगत्तै उपचार सुरू गरिएको उनको सचिवालयले जनाएको छ।

    नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सझाव दिएसँगै पौडेललाई भारत लगिएको हो ।

    राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार