Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलि बिहान १ बजेदेखि ७ बजेसम्मका लागि त्रिभुवन विमानस्थलमा उडान र अवतरण बन्द हुने


    बुधबार, बैशाख ६ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भोलि बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा आन्तरिक तथा बाह्य सम्पूर्ण उडान अवरुद्ध हुने भएको छ ।

    विमानस्थलमा भोलि कुनै पनि उडान–अवतरण नहुने तथा आन्तरिक र अन्तर्राष्ट्रिय उडान यस अवधिमा बन्द रहने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए ।

    विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने भएको तिवारीले बताए ।

    सो समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार