Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चौथाइवाले भेटे एमाले अध्यक्ष ओलीलाई


    बुधबार, बैशाख ६ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । उक्त भेटमा दुई जनाबीचमा नेपालकाे समसामयिक राजनीतिलगायत अन्य विषयमा कुराकानी भएको भेटघाटमा सहभागी एक नेताले बताए ।

    उनले यसअघि मंगलबारै चाैथाइवालेले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई छुट्टाछुट्टै भेटेका थिए।

    चौथाइवालेको बुधबार पनि नेपालमा राजनीतिक भेटवार्तामा व्यस्त रहने कार्यक्रम छ । उनी बिहीबार नयाँ दिल्ली फर्कनेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार