काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघले पशुपति क्षेत्रभित्र रहेका विद्युतिय शव दाह गृहमा रहेका मेसिनहरु पूर्णरुपमा सञ्चालन गर्न माग गरेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापालाई संघले आज ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।
संघले उक्त विद्युतिय शव दाह गृहमा रहेका सम्पूर्ण मेसिनहरु अविलम्ब मर्मत गरि संचालन गर्न कोषको गम्भिर ध्यानाकर्षण गराएको छ ।
‘पशुपति क्षेत्र विकास कोषको मातहतमा रहने गरि पशुपति क्षेत्र भित्र रहेको विद्युतिय शव दाह गृह संचालनमा रहेकोमा विद्युतिय शव दाह गृहमा रहेका मेसिनहरु करिब ३१ महिना भन्दा लामो समय देखि पूर्णरुपमा संचालन हुन सकेका छैनन । विद्युतिय मेसिनबाट अन्तिम मृत्यु संस्कार गर्न चाहने मृतकका परिवाहरुलाई विद्युतिय शव दाह मेसिनबाट मृत्यु संस्कार गर्न समस्या परिरहेको छ’ संघले बुझाएको ज्ञापनपत्र उल्लेख गरिएको छ ।
श्री पशुपतिनाथको आदर्श गरिमा एवं महत्व अनुरुप पशुपति क्षेत्रको योजनाबद्ध रुपमा सुरक्षा, सम्भार तथा विकास गर्ने लगाएतका उद्देश्य कार्यान्वयन गर्नको लागि पशुपति क्षेत्र विकास कोषको गठन भएको हो ।
संघका वागमती प्रदेश कमिटीका अध्यक्ष फुर्वा लामाको नेतृत्वमा ज्ञापन पत्र बुझाउँन गएको टोलीमा संघका केन्द्रीय कमिटी उपाध्यक्ष नितेश पौडेल, इन्चार्ज रोशन थापा लगायतको विशेष सहभागिता रहेको थियो ।
युवासंघ नेपालले आफनो स्थापनाकाल देखिनै राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कानूनी शासन लगाएतका विषयमा निरन्तर सरोकार राख्दै आइरहेको छ ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend