Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृह मन्त्रालयको निर्देशनमा शान्तिबाटिकाको झडपबारे छानबिन गर्न समिति गठन


    मंगलबार, बैशाख ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। गृह मन्त्रालयको निर्देशनमा हिजो सोमबार मिटर ब्याज पीडितहरुमाथि भएको बल प्रयोगबारे छानबिन गर्न समिति गठन भएको छ ।

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको हो । सोमबार शान्ति बाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको थियो ।

    मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले घटनाप्रति दुःख व्यक्त गरे ।

    उनका अनुसार मिटर ब्याज पीडितहरु बसेको स्थानमा बाँसको भाटा तथा इटा जम्मा भएको देखेपछि प्रहरीले सतर्कता अपानाएको बताए । त्यसक्रममा प्रहरीले गेट लगाएको र भित्रबाट इँटा प्रहार भएपछि दुखद घटना भएको श्रेष्ठले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार