Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिटरब्याज पीडितलाई न्याय दिएरै छाड्छौं : गृहमन्त्री श्रेष्ठ


    मंगलबार, बैशाख ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिएरै छाड्ने दाबी गरेका छन्। आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा उनले पीडितहरूलाई न्याय दिन सरकार दृढतापूर्वक अगाडि बढिसकेको बताए।

    उनले पीडितलाई न्याय दिन कानुन संशोधनका कुरा र आयोगमार्फत् यथार्थ विवरण संकलन गर्ने बताए। ‘मिटरब्याज पीडितलाई न्याय दिन हामी प्रतिबद्ध छौं। उहाँहरूको मागप्रति हामी सकारात्मक छौं। उहाँहरूले न्याय पाउनुपर्छ भनेरै विभिन्न पहलकदमी अगाडि बढाएका छौं,’ उनले भने।

    उनले मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कानुन संशोधन गरी निर्माण पक्रिया अगाडि बढाएको बताए। उनले सरकारले गठन गरेको आयोग प्रतिवेदनमात्र बनाउन नबनेको प्रस्ट पारे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार