Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं महानगरका मेयर बालेन साहको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा


    मंगलबार, बैशाख ५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन्द्र साहविरुद्धको मुद्दा सर्वोच्च अदालतले आज मङ्गलबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।

    सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको थियो ।

    महानगरले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सोमबार सर्वोच्चमा रिट परेको थियो ।उक्त मुद्दा आज ‘हेर्न नभ्याइने’ सूचीमा परेको सर्वोच्चले जनाएको छ ।

    अधिवक्ता पदम श्रेष्ठले दायर गरेको उक्त रिटमा काठमाडौं महानगरले कानुन विपरीत फोहोर सङ्कलन नगरेको उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार