Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीले भने- ऊर्जा क्षेत्रमा थप लगानी गर्न आवश्यक


    मंगलबार, बैशाख ५ २०८०
    985
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्र मुलुकको समृद्धिको बलियो आधार भएकाले यसमा थप लगानी जुटाउनुपर्ने बताएका छन्।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको आयोजनामा मंगलबारबाट काठमाडौंमा सुरू पावर समिट २०२३ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिएको भन्दै थप लगानी जुटाउनुपर्नेमा जोड दिएका हुन्।

    उनले मुलुकलाई आर्थिक रुपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा अत्यावश्यक रहेको धारणा राखे।

    सुक्खा मौसममा पनि बिजुली आयात गर्न आवश्यक नपर्ने गरि निजी क्षेत्रसँगको सहकार्यमा जलविद्युत आयोजनालाई अघि बढाउनका लागि सरकार अघि बढिरहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले देशका सबै जनतालाई बिजुली उपलब्ध गराउने लक्ष्यका साथ ग्रिड विस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी विस्तार गर्दै स्थिर विद्युत आपूर्ति सुनिश्चित गर्ने प्रयास भइरहेको उल्लेख गरे।

    उनले मुलकमा नै अधिकतम विद्युत खपत गर्न सक्ने क्षेत्रको प्रवद्र्धन,प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै जीवास्म इन्धनमा रहेको निर्भरता कम गर्न तथा ठूलो व्यापार घाटालाई कम गर्न पनि बिजुलीको उपयोगिता बढाउनुपर्ने बताए।

    प्रधानमन्त्री प्रचण्डले पावर समिटमार्फत नेपालको हरित ऊर्जाको बजारलाई फराकिलो बनाउन मद्दत गर्ने स्पष्ट मार्ग निर्देश गर्ने उल्लेख गरे।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार